तोडफोड र आगजनीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डे (तस्बिरहरु…)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको निरीक्षण गरेका छन् ।
आन्दोलनको समयमा कार्यक्रमका लागि दुवई रहेको मुख्यमन्त्री पाण्डेले सोमबार नेपाल फर्किएसँगै मंगलबार आन्दोलनबाट क्षति भएका संरचनाको निरीक्षण गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निरीक्षणपछि उनी गण्डकी प्रदेश सभा पुगेका थिए ।

प्रदेशसभा पुगेका मुख्यमन्त्री पाण्डे त्यहाँ दृष्य देखेर निकै निराश मुद्रामा देखिन्थे । आन्दोलनकारीले त्यहाँ रहेका भवनसँगै अन्य संरचना, दुईपांग्रे र चारपांग्रे सवारी साधन, कम्प्युटर, ल्यापटक, प्रिन्टर, भिडियो क्यामेरा, क्यामेरा, टेलिभिजन, स्मार्टबोर्ड, कुर्सी, टेबुल, दराज, सोफा लगायतका सामग्री तोडफोड र आगजनी गरेका थिए ।
प्रदेशसभा भवनपछि मुख्यमन्त्री पाण्डेले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्कीसँगै अन्य सरकारी संरचनाको निरीक्षण गरेका थिए ।
भदौ २४ गते जेनजी आन्दोलनकारीहरुले पोखरामा रहेका अधिकांस सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।












पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया