लाइसेन्स डेटा सुरक्षितै

काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा आगलागी भएको यातायात व्यवस्था विभागको भवनका प्रायः सबै सामग्री जलेर नष्ट भए पनि त्यहाँ रहेका तथ्यांकहरू सुरक्षित भेटिएका छन् । विभागका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण विवरण सुरक्षित रहेको छ ।
विभागले लाइसेन्सको डेटा एकीकृत डेटा व्यवस्थापन केन्द्र, सिंहदरबारमा पनि राखेको थियो । त्यसैगरी, कार्यालयभित्र रहेको डेटा ब्याकअप पनि सुरक्षित रहेको जनाइएको छ । सिंहदरबारस्थित केन्द्रमा र विभागको डेटा ब्याकअपमा तथ्यांकहरू सुरक्षित छन् ।
यातायात व्यवस्था विभागका आइटी डाइरेक्टर केशव खतिवडाले सबै नेपालीको लाइसेन्सको तथ्यांक सुरक्षित रहेको बताए । उनले भने, ‘सबैको लाइसेन्सको तथ्यांक सुरक्षित रहेको छ । हामीले तथ्यांकको एउटा डेटा ब्याकअप विभागमा र अर्को सिंहदरबारमा राखेका थियौँ । विभागमा भएको डेटा ब्याकअप पनि सुरक्षित छ, किनकि ब्याकअप राखेको कोठामा धेरै क्षति भएन । सिंहदरबारमा भएको ब्याकअप पनि सुरक्षित नै छ ।’









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया