टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

समाधान संवाददाता २०८२ असोज १ गते ११:०२

पोखरा ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार १६ असोज बिहान ११ बजेर ५३ मिनेटमा दसैँको उत्तम शुभसाइत छ ।

Advertisement


दुर्गा पक्षको सुरुवात भने असोज ६ गते सोमबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत रहेको समितिले जनाएको छ ।


असोज १६ गते विजयादशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः५३ बजेको साइत दिइएको समितिले स्पष्ट पारेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया