पोखरा महानगरको भोलिदेखि सेवा सुरु

पाेखरा ।
जेनजी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त बनेपछि त्यसको वैकल्पिक व्यवस्थासहित भोलिदेखि सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
महानगरले यसअघि आजदेखि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको थियो । आज प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा घोषणा गरिएकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याइने महानगरका प्रवक्ता मोती तिमल्सिनाले जानकारी दिए ।
प्रदर्शनका क्रममा प्रमुख प्रशासनिक भवनसहित महानगरभित्रका अधिकांश वडा कार्यालयमा क्षति पुगेको थियो । उनका अनुसार महानगरका ३३ वडामध्ये २० वटा वडाका भवन पूर्ण रूपमा, छ वटा वडा भवन सुरक्षित र अन्य सात वटामा आंशिक क्षति पुगेको छ ।
उनका अनुसार पूर्ण रूपमा क्षतिग्रस्त भवनको वैकल्पिक व्यवस्थापन गर्दै सेवाहरू सञ्चालनमा ल्याउन लागिएको हो । यसैबीचमा कतिपय वडाका घरघरमा पुगेर पनि महानगरबाट अत्यावश्यकीय सेवाहरू प्रदान गर्न थालिएको उनले जानकारी दिए ।
मुलुकको विषम परिस्थितिका बाबजुत सकेसम्म सेवा प्रवाहलाई नरोक्ने उद्देश्यका साथ महानगरको वडा नं २५ ले घरघरमा पुगेर सुरक्षा भत्ता, परिचयपत्र नवीकरणलगायत सेवा प्रदान गरिरहेको प्रवक्ता तिमल्सिनाले बताए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया