लेखनाथ उद्योग वाणिज्य संघमा मनोनयन

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले विभिन्न पदमा मनोनित गरेको छ । संघको भदौ २० र २१ गते भएको अधिवेशनबाट जानुका पराजुली अधिकारी अध्यक्षमा निर्वाचित भएकी थिइन् ।
नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले संघको विधान अनुरूप विभिन्न पदमा १२ जनालाई मनोनित गरेको हो । निर्वाचित हुने १९ जनाबाहेक अध्यक्षले मनोनित गर्न पाउने१३ पदमा भागबण्डाकै आधारमा मनोनयन गरिएको छ । निर्वाचनको समयमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीबीच भएको समीकरण अनुरूप नै मनोनित पदमा पनि कांग्रेसबाट ८ जना र नेकपा माओवादीको तर्फबाट ४ जनालाई मनोनित गरिएको हो ।
एक सल्लाहकार मनोनयन गर्न बाँकी छ । अब संघमा नेपाली कांग्रेस र नेकपा माओवादी निकट व्यवसायीको मात्र प्रतिनिधित्व रहने भएको छ । नेकपा एमाले लगायत अन्य दलका व्यवसायीको प्रतिनिधित्व छैन ।
संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा बसेको बैठकले विशिष्ट सदस्यमा भरतकुमार अधिकारी, सल्लाहकारमा प्रकाशलाल श्रेष्ठ, रामजी पौडेल, डिलकुमारी शर्मा (सन्ध्या), दयाराम तिवारी, भरत थापा र भीमबहादुर नेपाली (काइला)लाई मनोनयन गरेको छ ।
सदस्यमा भक्तबहादुर केसी, राजनकल्याण बडगामी र रबिन सुनार मनोनित हुाद्या आमन्त्रित सदस्यमा बिन्दुचन्द्र बराल र सूर्यप्रसाद अधिकारी परेका छन् ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया