‘नेतृत्वको जिम्मा नयाँ पुस्तालाई हस्तातन्तरण गर्नुपर्ने बेला आएका छ’

पोखरा ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बारेमा पोखरामा बिहीबार छलफल गरिको छ । शान्तिका लागि नागरिक समाजको संजाल कास्कीको आयोजनामा ‘संविधानको रक्षा, निष्पक्ष निर्वाचन र दिगो शान्ति स्थापनाका लागि हाम्रो भूमिका विषयक’ अन्तरसंवाद कार्यक्रम भएको हो ।
कोपिला नेपालकी बिना सिलवालले आन्दोलनले समाजमा मनोसामाजिक असर पारेको बताइन् । यसले युवाहरुमा मानसिक समस्या बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । ‘जेनजी आन्दोलनमा कैदीहरु कारागारबाट फरार हुँदा पीडितहरु डरमा बाचिरहेका छन् । कैदीहरुलाई नियन्त्रणमा लिन सम्बन्धित निकाय अग्रसर हुनुुपर्छ,’ उनले भनिन् ।
जेनजी समूह पोखराकी प्रतिनिधि पूजा रानाले जेनजीको माग भ्रष्टचारका विरुद्ध रहेको बताइन् । अहिलेको आन्दोलनलाई २०४६ सालको आन्दोलनसँग दाँजेर पुराना पुस्ताले विभिन्न प्रतिक्रिया राख्नु उपयुक्त नरहेको उनको भनाइ छ । ‘त्यो आन्दोलन थाहा छैन के भएको थियो हामीले पढ्ने मात्र हो हामी त्योसँग जोडिन सक्दैनौँ । अग्रजहरुले समय अनुसार आफूलाई परिवर्तन गर्नुपर्छ । हाम्रो कुरा नपत्याउने र स्विकार गर्न उहाँहरुलाई गाह्रो भएको छ,’ पूजाले भनिन् ।
अहिलेको जेनजी आन्दोलनले अब दलहरु सुध्रिनु पर्ने आवश्यकता औंल्याएको दलित महासंघ कास्कीकी ईश्वरी विकको तर्क छ । निर्वाचन निष्पक्ष हुनुपर्छ । उपयुक्त व्यक्ति नेतृत्वमा आउनुपर्नेमा उनले जोड दिँदै महिला, दलित र अपांगता भएका व्यक्तिका अधिकारका विषयलाई प्राथमिकतामा राखिनुपर्ने बताइन् ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले निजी तथा सरकारी सम्पत्तिमा भएको तोडफोड र आगजनीले भएको क्षतीप्रति दुख व्यक्त गरे । दोषीलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा कारवाही गर्न उनले अनुरोध गरे । उनले भने, ‘दिगो शान्ती हामी सबैको चाहाना हो । शान्तीपूर्ण बाच्न चाहान्छौँ शान्तीपूर्ण व्यवसायी गर्न चाहान्छौँ । जेनजीले उठाएको माग मेरोपनि माग हो ।’
कार्यक्रममा नेकपा एमाले कास्कीका उपसचिव लालबहादुर परियार, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका कमलबहादुर सापकोटा, गेहेन्द्रश्वर कोइराला लगायतले बोलेका थिए । उनीहरुले नेतृत्वको जिम्मा नयाँ पुस्तालाई हस्तातन्तरण गर्नुपर्ने बेला आएको बताए । रोजगारी अभाव आजको गम्भिर चुनौती रहेको बताउँदै उत्पादनमूलक क्षेत्रमा लगानी, उद्यमशीलतालाई प्रोत्साहन, सीपमूलक तालिम र रोजगारी सिर्जनामा ठोस नीति आवश्यक रहेको उनीहरुले उल्लेख गरे ।
संविधानको समिक्षा गरिनुपर्ने उनीहरुको माग छ । ‘संविधान जारी भएको १० वर्षमा जरा गाड्नुपर्ने बेलमा झन् पल्टिएको छ । नातावाद र पक्षपातले भष्ट्रचार मौलाएको छ । जेनजी आन्दोलनको मुख्य मुद्दा पनि भष्टचारका विरुद्ध हो । अन्याय र अशान्तिका विरुद्ध आवाज उठाउनुपर्छ ।’








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया