जेनजी आन्दोलनमा आंशिक क्षति पुगेका सिंहदरबारका भवनको मर्मत सुरु
समाधान संवाददाता
२०८२ असोज ४ गते १६:५१

पाेखरा । सिंहदरबारभित्रका विभिन्न मन्त्रालयको मर्मत सम्भार सुरु भएकाे छ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट सिंहदरबारभित्र क्षति पुगेकाे थियाे ।
आन्दोलनका क्रममा गत भदौ २४ गते जलेर क्षतिग्रस्त बनेको सिंहदरबारका केहि मन्त्रालयबाटै पुन काम सुरु गर्न मर्मतसम्भारका साथै रंगरोगन भएको हो ।
आगजनी तथा तोडफोडबाट क्षति भएका मन्त्रालयका झ्याल ढोका परिवर्तन गर्ने, फर्निचर लगाएतका आवश्यक सामाग्री राख्ने काम भइरहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।
सिंहदरबारमा आगजनी हुँदा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय लगाएतका केहि मन्त्रालय पूर्ण रुपमा ध्वस्त भएको छ भने केही मन्त्रालयमा आंशिक क्षति मात्र भएको छ । सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै मर्मत सम्भारको काम भइरहेको बताइएको छ ।
सम्बन्धित









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया