स्टार्स एकल नृत्य र कविता प्रतियोगिता

पोखरा ।
स्टार्स एकल नृत्य प्रतियोगिता र खुल्ला कविता प्रतियोगिताको फाइनल कार्यक्रम यही असोज ७ गते पोखरामा हुने भएको छ।स्टार्स स्टुडियो प्रालिको नवौँ र स्टार्स फाउन्डेसन नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएकाे हाे ।
पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र व्यवस्थापनमा विशेष ध्यान दिइएको आयोजक संस्थाकी अध्यक्ष जसु गुरुङले जानकारी दिइन्।
आयोजकको अनुसार असोज ३ गतेसम्म देशभरबाट प्राप्त १०० कवितामध्ये उत्कृष्ट १० कविता छानिने भएको छ। छानिएका कविताहरूको घोषणा असोज ५ गते गरिनेछ। प्रतियोगितामा कविताको मौलिकतालाई प्रमुख मूल्याङ्कन आधार बनाइने बताइएको छ।
पुरस्कार स्वरूप विजेतालाई २० हजार, उपविजेतालाई १० हजार, तृतीय स्थान प्राप्त गर्नेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने दुई सान्त्वना विजेताले जनही २,५०० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट १० कविताहरूलाई युट्युबमार्फत सार्वजनिक गर्ने योजना पनि रहेको आयोजकले जनाएको छ।
नृत्य प्रतियोगितामा जुनसुकै उमेर समूहका सहभागीहरूले भाग लिन पाउनेछन्। इच्छुकहरूले असोज ५ गतेभित्र ५०० रुपैयाँ दर्ता शुल्कसहित आफ्नो नाम दर्ता गराउनुपर्नेछ। प्रतियोगितामा नेपाली मौलिकता झल्किने नृत्यलाई प्राथमिकता दिइने आयोजकले जानकारी दिएका छन्।
विजेताले ३० हजार, उपविजेताले १५ हजार र तृतीय स्थान हासिल गर्नेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
पोखरा, न्युरोडस्थित स्टार्स स्टुडियो नेपालले नेपाली मौलिक लोक संस्कृति, भेषभूषा र सांस्कृतिक नृत्यहरूको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका खेलेको छ। यो संस्था लोक नृत्य प्रशिक्षण, फिल्म निर्माण र इभेन्ट म्यानेजमेन्ट जस्ता कार्यहरू गर्दै आएको छ।
स्टार्स फाउन्डेसन नेपालले विभिन्न सामाजिक सेवा क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको छ। दुवै संस्थाले कला, संस्कृति र साहित्यको क्षेत्रमा युवाहरूलाई प्रेरित गर्ने उद्देश्यले यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आएका छन्।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया