कुँडहर सहकारीको १७ औं साधारण सभा

पोखरा ।
कुँडहर सहकारीको सोमबार १७ औं साधारण सभा भएको छ । सहकारीका अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सहकारीका कोषाध्यक्ष राजेन्द्र वाग्लेले सहकारीको जम्मा आम्दानी ५ करोड २० लाख रहेको जानकारी दिए । जम्मा खर्च ४ करोड २३ लाख छ भने नाफा लगभग १ करोड रहेको उनले बताए । आगामी आर्थिक वर्षमा लगभग १८ लाख बढि आम्दानी गर्ने योजना रहेको उनले सुनाए ।
सहकारीमा २ हजार ४६५ सेयर सदस्य छन् । कार्यक्रममा ज्येष्ठ नागरिक र कक्षा ८ र एसइई मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान गरिएको थियो ।
संस्थाका शेयर सदस्यले यूआरएलमा ३० प्रतिशत छुट मणिपाल शिक्षण अस्पतालमा १० देखि २५ प्रतिशत सम्म छुट सम्झौता गरिएको अध्यक्ष थापाले बताए ।
संस्थामा कार्यरत कर्मचारी संञ्चालक समिति र लेखासमितिका पदाधिकारीहरु सबैको दुर्घटना बिमा गरिएको उनको भनाइ छ ।
संञ्चालक र कर्मचारीलाई सहकारी संञ्चालन, समस्या र समाधान सम्बन्धि तालिम प्रदान गरिने योजना रहेको थापाले जानकारी दिए । साथै सदस्यलाई सहकारी सचेतना मूलक, सेवा सुविधा आर्थिक सहभागिता मुलक तालिम दिइनेछ ।
उनका अनुसार उत्पादनशील रोजगारी सृजनशील कार्यक्रमलाई विशेष प्राथमिकता दिने एवम् विशिष्टीकृत क्षेत्रको लगानीलाई बढवा दिने योजना छ ।
सहकारीका लेखा संयोजक शुक्रराज अधिकारीले विभिन्न परिस्थितिले लगानी कम हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै लगानीका लागि नयाँ क्षेत्रको पहिचान गर्ने तथा उत्पादनशिल क्षेत्रमा ऋण प्रदान गर्न आवश्यक रहेको बताए ।
सहकारीका सदस्यले सहकारीबाटै कारोबार गरेमा सहकारी सशक्त हुने भनाइ राखे । संस्थाका कर्मचारी र सदस्यको मनोबल बढाउने कार्यक्रम गर्न सकेमा सहकारीलाई फाइदा हुने अधिकारीको भनाइ छ ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया