कास्की कारागारबाट भागेका अमेरिकन कदी महाराजगन्जबाट पक्राउ, अझै ३ सय ७२ जना फरार

पाेखरा ।
कास्की कारागारबाट फरार भएका अमेरिकी नागरिक काठमाडौँको महाराजगन्जबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार महाराजगन्जबाट दुई जना फरार कैदीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जिल्ला अदालत कास्कीको आदेशले बाल यौन दुराचारमा कैद सजाय काटिरहेका मिचेल नोर्मान टेलर हुन् ।
भदौ २४ गते कास्की कारागार कैदीबन्दी फरार हुँदा उनी पनि भागेका थिए । त्यसयता जेल नफर्किएका उनलाई सीआईबीले महाराजगन्जमा फेला पारेको हो । सीआईबीका डीएसपी धर्मराज भण्डारीका अनुसार पक्राउ परेका कैदीलाई अब सम्बन्धित कारागार बुझाउने प्रक्रिया अघि बढाइएको छ ।
भदौ २४ गते आन्दोलनकारीले कारागार र सुधार गृहमा आक्रमण गर्न थालेपछि कैदीबन्दी र बालकहरु आफू बस्दै आएको ठाउँबाट सुरक्षित स्थानमा गएका थिए । उनीहरु असोज ६ गतेसम्म कारागारमा ४ सय जना आएको कारागारका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । एक जना कैदीबन्दी काठमाडौंमा भेटिएको खबर आएको छ । योसँग अब ३ सय ७२ जना कैदी अझै फरार छन् ।
कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी थिए । अहिले पोखराको जनजीवन सामान्य हुँदै गएको छ । स्थिती सामान्य बन्दै गएपछि कास्की कारागारले कैदीबन्दीलाई फर्कन आग्रह गरिरहेको छ । कास्की कारागारमा महिलाका लागि एउटा र पुरुषका लागि २ वटा ब्लक बनाइएको छ । जस अनुसार महिलाको ब्लकमा ३५ जना, पुरुषको ब्लकमा ७ सय ३८ कैदीबन्दी बस्दै आएका थिए । ‘सम्पर्कमा नआएकाहरुका हकमा प्रहरीलाई सूचना दिने अनि प्रहरीले खोज्दै ल्याउने हो,’ कारागार प्रमुख शर्माले जानकारी दिए ।
यता, पोखरा–१९ ग्यारजातीमा रहेको बाल सुधार गृहमा रहेका बालकहरु पनि फर्कने क्रम चलिरहेको सुधार गृह प्रमुख डासी पौडेलले बताए । मंगलबारसम्म ४८ जना सुधार गृहमा आइसकेको उनले जानकारी दिए । जहाँ १ सय ९ जना बालकहरु थिए । उनीहरु पनि सोही आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गर्न थालेपछि भागेका थिए । ‘प्रदर्शनकारीहरुले गेट तोडेर झ्यालढोका पनि फोड्न थालेपछि बालकहरु भागेका हुन्,’ उनले भने, ‘धेरै बालकहरु अभिभावकको सम्पर्कमा हुनुहुन्छ । हामीले पनि सम्पर्क गरिरहेका छौं । बालकहरु आउने क्रम जारी नै छ ।’ जेनजीको आन्दोलनका कारण पोखराका अधिकांस सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।








प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान
हाइकिङको ६५ औं संस्करण म्याग्देको हर्षपुरमा
पश्चिमाञ्चल माविमा रक्तदान तथा विज्ञान प्रदर्शनी
प्रगति माविको खेल उत्सव सकियो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया