सहरी विकासको एउटा इतिहास भत्कियो

पोखरा । करिब ५४ वर्षदेखि पोखराको सहरी विकास र भूमि व्यवस्थापनको केन्द्र बनेको पोखरा उपत्यका नगर विकास समितिको कार्यालय अब इतिहासको पाना बनेको छ । शहीदचोकमा अवस्थित यो कार्यालय ढलेसँगै पोखराको सहरी विकासको पहिलो खाका कोर्ने संस्था भौतिक रूपमा मेटिएको हो ।
नेपालकै पहिलो अर्बान प्लानिङ र पहिलो ल्याण्ड पुलिङको अभ्यास पोखरामै सुरु भएको थियो । सभागृहचोकदेखि चिप्लेढुंगासम्मको न्युरोड निर्माणको परिकल्पना गर्ने, पोखराको समग्र ल्यान्ड–युज प्लान तयार गर्ने यस्ता महत्वपूर्ण काम यसै कार्यालयमार्फत भएका थिए । कच्चा इटा र माटो प्रयोग गरेर डेढ फिटभन्दा मोटा गार्हो लगाएर बनाइएको सानो भवनले पाँच दशकभन्दा बढी समयसम्म पोखराको सहरी नियति नियालेको थियो ।
यो भवनले मात्र सेवा दिएको थिएन, यसले स्मृतिहरू पनि बोकेको थियो । यहाँबाट पोखराका सार्वजनिक जमिन, चौर, पाटन, फाट, ताल, खोलानाला, डिलभिरदेखि अतिक्रमणसम्बन्धी निर्णयहरू हुँदै आएका थिए । अर्कोतर्फ मापदण्ड उल्लंघन गर्ने र जग्गा अतिक्रमण गर्नेहरूका लागि यो कार्यालय सधैं ‘कानुनी अवरोध’का रूपमा खडा रह्यो ।
भवन भत्काउँदा धेरैलाई थाहा नहुन सक्छ—यो कुनै सामान्य सरकारी संरचना थिएन । तर जसले यसलाई आगोले ग्रास बनाउने वा भत्काउने अवस्था सिर्जना गरे, उनीहरूलाई राम्ररी थाहा थियो कि यसैमार्फत अतिक्रमित जमिनको खोजी गर्ने काम टुंगिन्छ ।
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरका मेयर धनराज आचार्यले फेसबुकमा लेखेका छन्, ‘यो कार्यालय आफैंमा एउटा इतिहास थियो । यसको ढलाइसँगै सहरी विकासको एउटा अध्याय नै भत्किएको छ । तर हामी सूचना र प्रविधिको युगमा छौं, आशा गरौं—यसका अमूल्य अभिलेख र दस्तावेजहरू डिजिटल रूपमा सुरक्षित छन् ।’
साँचिकै, यो कार्यालय केवल इँटा र माटोको संरचना थिएन, यो पोखराको भूमि–इतिहास बोकेको एउटा जीवित संग्रहालय थियो । अब यो भौतिक रूपमा ढले पनि यसले लेखेको इतिहासलाई सुरक्षित राख्ने जिम्मा आजको पुस्ताले लिनुपर्नेछ ।










निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया