पत्रकार रिखीरामलाई मातृशोक

समाधान संवाददाता २०८२ असोज ७ गते ११:०५

पोखरा ।

पत्रकार रिखीराम जिसीलाई मातृशोक परेको छ । उनकी आमा लक्ष्मीदेवी जिसीको उपचारका क्रममा सोमबार निधन भएको परिवाजनले जनाएको छ ।

प्यूठान नगरपालिका–२ आरनेटाकी ५९ वर्षिया लक्ष्मीदेवी केही समयदेखि क्यान्सरबाट पीडित थिइन् । उनका श्रीमान्, ३ छोरा र ३ छोरी छन् । छोराहरुमा रिखिराम, पदम र भोजराज जिसी हुन् ।

Advertisement

नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य रहेका रिखिराम नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पनि कार्यसमिति सदस्य हुन् । उनी नेपालप्रेसका लागि गण्डकी प्रदेश संवाददाता हुन् । साथै, गण्डकी विश्वविद्यालयमा खेलकुद विषय पनि अध्ययन गर्दैआएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया