एक खुट्टाले नाच्ने नृत्यांगना सीता सुवेदीको निधन

पोखरा । एक खुट्टाले नाचेर चर्चा कमाएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको मंगलबार बिहान निधन भएको छ। ४० वर्षीया सुवेदी फोक्सोको क्यान्सरबाट पीडित थिइन्।
त्रिवि शिक्षण अस्पतालमा बिहान ६ः३० बजे उनको प्राण गयो। चार महिनादेखि रोगसँग जुधिरहेकी उनी पछिल्ला एक महिनादेखि भेन्टिलेटरमा निर्भर थिइन्।
चितवनको मेघौलीमा जन्मिएकी सुवेदी १२ वर्षकै उमेरमा पहिलो पटक क्यान्सरको कारण एक खुट्टा गुमाउन बाध्य भएकी थिइन्। त्यसपछि पनि उनले नृत्यप्रति लागेको मोह त्यागिनन्। अपाङ्गतालाई चुनौती मानेर उनले आफ्नो जीवनलाई कलाबाटै अर्थ दिइन्।
उनले नृत्याङ्गना हुँदै मोडल, गायिका र मोटिभेन्सनल स्पिकरको रूपमा पहिचान बनाउन सफल भइन्। सन् २०२३ मा मिस इन्टरनेशनलको उपाधि जितेकी उनले क्लासिक नेपाल फाउण्डेसन स्थापना गरेर सामाजिक क्षेत्रलाई समेत योगदान दिएकी थिइन्।
इन्टरमिडियट–लेभल कत्थक नृत्यमा स्वर्णपदक जितेकी सुवेदी आफ्नो जिवनकथाद्वारा प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित भएकी थिइन्।
उनको अन्त्येष्टि आजै गरिने परिवारले जनाएको छ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया