एक खुट्टाले नाच्ने नृत्यांगना सीता सुवेदीको निधन

पोखरा । एक खुट्टाले नाचेर चर्चा कमाएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको मंगलबार बिहान निधन भएको छ। ४० वर्षीया सुवेदी फोक्सोको क्यान्सरबाट पीडित थिइन्।
त्रिवि शिक्षण अस्पतालमा बिहान ६ः३० बजे उनको प्राण गयो। चार महिनादेखि रोगसँग जुधिरहेकी उनी पछिल्ला एक महिनादेखि भेन्टिलेटरमा निर्भर थिइन्।
चितवनको मेघौलीमा जन्मिएकी सुवेदी १२ वर्षकै उमेरमा पहिलो पटक क्यान्सरको कारण एक खुट्टा गुमाउन बाध्य भएकी थिइन्। त्यसपछि पनि उनले नृत्यप्रति लागेको मोह त्यागिनन्। अपाङ्गतालाई चुनौती मानेर उनले आफ्नो जीवनलाई कलाबाटै अर्थ दिइन्।
उनले नृत्याङ्गना हुँदै मोडल, गायिका र मोटिभेन्सनल स्पिकरको रूपमा पहिचान बनाउन सफल भइन्। सन् २०२३ मा मिस इन्टरनेशनलको उपाधि जितेकी उनले क्लासिक नेपाल फाउण्डेसन स्थापना गरेर सामाजिक क्षेत्रलाई समेत योगदान दिएकी थिइन्।
इन्टरमिडियट–लेभल कत्थक नृत्यमा स्वर्णपदक जितेकी सुवेदी आफ्नो जिवनकथाद्वारा प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित भएकी थिइन्।
उनको अन्त्येष्टि आजै गरिने परिवारले जनाएको छ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया