सुपर टाइफुन ‘रागासा’ नजिकिँदा चीनका १० सहरमा विद्यालय–व्यवसाय बन्द

पोखरा । सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ अघि बढ्दै गर्दा मंगलबार कम्तीमा १० सहरमा विद्यालय र व्यवसाय बन्द गर्ने आदेश दिइएको छ। यसले लाखौँ मानिस प्रभावित पार्ने अनुमान छ भने हजारौँ कारखाना पनि रोकिएका छन्।
गुआङ्गडोङ प्रान्तको आपतकालीन व्यवस्थापन ब्युरोले रागासा २४ घण्टाभित्र प्रान्तको मध्य तथा पश्चिमी तटीय क्षेत्रमा अवतरण गर्ने जनाएको छ। ‘प्रमुख क्षेत्रहरूले निर्णायक कदम चाल्नुपर्छ, जनजीवन र सम्पत्ति जोगाउन सक्दो प्रयास गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ।
रागासा नजिकिँदै गर्दा गुआङ्गडोङले आँधीका लागि उच्चतम आपतकालीन प्रतिक्रिया सक्रिय गरेको छ। हङकङ मौसम सेवाअनुसार यो आँधीले प्रतिघण्टा २३० किलोमिटर वेगको हावा बोकेको छ।
सेन्जेन शहरले चार लाख मानिसलाई सुरक्षित स्थलमा सार्न आदेश दिएको छ। अधिकारीहरूले ‘तीव्र हावा, वर्षा, छाल र बाढी’ को चेतावनी जारी गर्दै आकस्मिक अवस्थाबाहेक बाहिर ननिस्कन आग्रह गरेका छन्। बजार र कार्यालयहरू दिउँसोदेखि बन्द गरिएका छन्।
झुहाई, डोङ्गगुआन, फोसानलगायत अन्य प्रमुख सहरहरूमा पनि निलम्बन आदेश दिइएको छ। फोसानको आपतकालीन मुख्यालयले ‘भीषण वर्षा र हावाले सहरलाई गम्भीर असर पार्नेछ’ भन्दै सचेत गराएको छ।
रागासा हाल दक्षिण चीन सागर हुँदै अघि बढिरहेको छ। यसअघि फिलिपिन्समा यसले प्रभाव पार्दा एक व्यक्तिको मृत्यु भएको थियो।
चिनियाँ राज्य प्रसारक सिसिटिभीले जलमार्गको उत्तरी भाग, ताइवान स्ट्रेटको दक्षिणी भाग, बाशी च्यानल र गुआङ्गडोङ नजिकै सञ्चालन हुने जहाजहरूलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
वैज्ञानिकहरूले मानवसिर्जित जलवायु परिवर्तनका कारण यस किसिमका आँधीबेहरी अझ शक्तिशाली र बारम्बार भइरहेका तथ्य सार्वजनिक गर्दै आएका छन्। एजेन्सी







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया