गृहसचिव दुवाडी आउट, रामेश्वर दंगाल इन
समाधान संवाददाता
२०८२ असोज ७ गते १३:१४

काठमाडौं । सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रामेश्वर दंगाललाई नयाँ गृहसचिवको जिम्मेवारी तोकेको छ।
जेन–जी आन्दोलन नियन्त्रणका क्रममा दमनकारी भूमिका खेलेको आरोप लागिरहेका दुवाडीलाई हटाउने निर्णय सरकारले गरेको हो। उनका ठाउँमा हाल रक्षासचिवका रूपमा कार्यरत दंगाललाई ल्याइएको हो।
दंगाल गृह प्रशासनकै क्याडर हुन्। उनी विगतमा गृह मन्त्रालय भित्रका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। प्रशासनिक अनुभव र गृह पृष्ठभूमिका कारण उनलाई फेरि गृहसचिवमा पठाइएको सरकारी स्रोतले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार निर्णय मंगलबार वा बुधबारभित्र कार्यान्वयनमा आउनेछ।
सम्बन्धित







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया