विशेष महाधिवेशनका लागि कांग्रेसमा दबाब, १०९ प्रतिनिधिको हस्ताक्षर

पोखरा । नेपाली कांग्रेसमा विशेष महाधिवेशन बोलाउन दबाब बढेको छ। यसका लागि १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर अभियान थालेका छन्।
६ असोजदेखि सुरु भएको अभियानमा गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहितका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। कांग्रेस विधानअनुसार, विशेष महाधिवेशन केन्द्रीय समितिको निर्णय वा ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरबाट बोलाउन सकिने प्रावधान छ।
विधानको दफा १७(२) अनुसार निवेदन परेपछि तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। तर, केन्द्रीय समितिबाट निर्णय हुने सम्भावना न्यून भएकाले हस्ताक्षर अभियान सुरु गरिएको अभियानकर्ता नेताहरूले बताएका छन्।
अभियानका अगुवामध्ये नारायण भट्टराईका अनुसार, यो कुनै समूहगत अभियान नभई विशेष महाधिवेशन माग गर्ने सबै पक्षको साझा पहल हो। अभियानलाई सबै प्रदेशमा विस्तार गर्ने तयारी छ।
साथै, हस्ताक्षरकर्ताहरूले विज्ञप्ति जारी गर्दै पार्टीले विगतमा अख्तियार गरेका नीति–निर्णय र कार्यशैलीकै कारण वर्तमान परिस्थिति सिर्जना भएको भन्दै नेतृत्वलाई प्रश्न गरेका छन्। नेतृत्वमा प्रश्न उठाउनेहरूलाई किनाराकृत गरिएको आरोप पनि लगाइएको छ।
यसअघि कांग्रेसका केही भ्रातृ संस्था तथा जिल्ला–स्थानीय तहका नेताहरूले पनि विशेष महाधिवेशन माग गर्दै आएका छन्।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया