कालिका बहुमुखी क्याम्पसको ३४ औं सभा

समाधान संवाददाता २०८२ असोज ७ गते १८:२९

पोखरा । कालिका बहुमुखी क्याम्पस पोखराको ३४ औं क्याम्पस सभा मंगलबार भएको छ । कार्यक्रममा क्याम्पसका संरक्षक तथा पूर्व क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रेमकुमारी केसीले कालिका एक शिक्षाको ज्योति रहेको र यसको प्रकाश देश विदेशसम्म फैलिएको बताइन् ।

Advertisement

उनले ३४ वर्ष गुणस्तरीय शिक्षामा निरन्तरता दिएको क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेको र यसको निरन्तरताका लागि क्याम्पसलाई अगामी दिनमा थप सहयोग गर्न प्रतिवद्ध रहेको जनाइन् । क्याम्पस सञ्चालक समिति अध्यक्ष किरण केसीले क्याम्पसले तीन दशकको अवधिमा जुन प्रगति र उन्नति गरेको छ, यसका लागि स्थायित्व ज्यादै महत्वपूर्ण रहेको उल्लेख गरे ।

सभामा आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन र २०८२ /०८३ को प्रस्तावित वार्षिक बजेट सभामा छलफलपछि पारित भएको छ । क्याम्पस प्रमुख बिरन्जी गौतमले प्रस्तुत गरेको २०८१/०८२ को वार्षिक प्रगति प्रतिवदेन र प्रस्तावित नीति तथा कार्यक्रम अनुमोदन भयो ।

Advertisement

सभामा संस्थापक सदस्य डा चन्द्रबहादुर गुरुङ, निवर्तमान क्याम्पस प्रमुख रवीन्द्रनाथ बास्तोला, उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, त्रिवि प्रतिनिधि डा. पितृराज बास्तोला, सिनेटर निसा ठकुरी मल्ल, अक्षयकोष दाता जेबी कुँवर लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया