संबृद्धि सहकारीको सेयर पुँजी ७ करोड

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्वर २७ को तालचोकमा रहेको संबृद्धि बचत तथा ऋण सहकारीको सेयर पुँजी सात करोडनजिक पुगेको छ । लेखनाथ क्षेत्रका उद्योगी, व्यवसायीको सहभागितामा २०७१ साल यो सहकारी स्थापना भएको हो ।
संस्थाले ११ वर्षको दौडानमा २ सय ५० जना सेयर सदस्यमार्फत सेयर पुँजी ६ करोड ६८ लाख २४ हजार पु¥याउन सफल भएको हो । सोमबार भएको संस्थाको ११ औं वार्षिक साधारण सभामा लेखनाथ उद्योग बाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष जानुका पराजुली अधिकारीले सहकारीमा सदस्य हुने तर आर्थिक कारोबार बाहिर गर्ने प्रचलन हटाउनुपर्नेमा जोड दिइन् ।
उनले सहकारीका क्षेत्रमा देखिएका केही समस्याले समग्र सहकारीलाई असर पु¥याएकाले सेयर सदस्य, सञ्चालक समिति र कर्मचारीको सहकार्यबाट सहकारीलाई अगाडि बढाउनुपर्ने सुझाव दिइन् । संस्थाका अध्यक्ष सुमन भट्टराईले सहकारीले सेयर सदस्यका बिच सहकार्य गर्न सिकाउने भएकाले संबृद्धि सोही बाटोमा रहेको जनाए ।
कार्यक्रममा संस्थाका सल्लाहकार छत्रधर आत्रेय, प्रादेशिक जनरल स्वास्थ अस्पताल सञ्चालक समितिका अध्यक्ष ऋषिराम जमरकट्टेल, संस्थाका लेखा समितिका संयोजक उब्मदत्त बराल, कोषाध्यक्ष रामजी पौडेल, लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, वित्तीय संघ सस्थाको तर्फबाट केशवराज पौडेल र सेयर सदस्यहरुको तर्फबाट उपेन्द्रराज सुवेदी राजु, सचिव नवराज तिवारी र उपाध्यक्ष प्रमोद भण्डारीले बोलेका थिए ।









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया