पोखरामा मनाइयो सांकेतिक भाषा दिवस

पोखरा । गण्डकी बहिरा संघको आयोजना र राष्ट्रिय बहिरा महासंघ गण्डकीको समन्वयमा पोखरामा मंगलबार ८ औं सांकेतिक भाषा अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।
‘सांकेतिक भाषा बिना मानव अधिकारी संभव छैन्’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । साथै, घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ गण्डकीका अध्यक्ष गंगादेवी घर्तीमगरले दिवसलाई भव्य रुपमा मनाउने उद्देश्य भएपनि देशको पछिल्लो विषम परिस्थितीका कारण संभव नभएको बताइन् । आगामी वर्ष हर्षोल्लासका साथमा मनाउने उनले प्रतिवद्धता जनाइन् ।
बहिरा फुटबल क्लब, कास्कीका अध्यक्ष सूर्यमोहन बरालले सांकेतिक भाषा नभएमा बहिराहरु प्राकृतिक भाषामै सिमित हुनुपर्ने बताए । नेपालमा सांकेतिक भाषा काठमाडौं बहिरा संघका प्रतिनिधि निर्मलकुमार देवकोटाको टिमका विकास गरी निकै सह्रानीय काम गरेको उनले सुनाए । सांकेतिक भाषाबाटै बहिराहरुले आफ्ना भावना एकअर्कामा साटासाट गर्न सकेको उनले बताए ।
सोही कार्यक्रममा बहिरा महासंघकी केन्द्रीय सदस्य पार्वती भुजेल आलेमगरले नेपाली सांकेतिक भाषालाई प्राथमिकता दिन सुझाएकी थिइन् । केही युवाहरुले विदेशी एएसएल प्रयोगमा ध्यान दिन थालेकाले नेपाली सांकतिक भाषा ओझेल पर्नेमा उनको चिन्ता थियो । नेपाली सांकेतिक भाषामै ७ हजारभन्दा बढी प्रकाशित र अनुमोदन भएकाले सोही भाषालाई व्याहारमा उतार्नुपर्नेमा उनको जोड थियो ।
सिर्जना बहिरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद शर्माले बहिरा संचारमा सांकेतिक भाषा दिवसले सकरात्मक प्रभाव पारेको बताए ।
गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा २६ जना बहिरा सदस्यहरुको सहभागिता रहेको थियो ।







पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया