पोखरामा मनाइयो सांकेतिक भाषा दिवस

पोखरा । गण्डकी बहिरा संघको आयोजना र राष्ट्रिय बहिरा महासंघ गण्डकीको समन्वयमा पोखरामा मंगलबार ८ औं सांकेतिक भाषा अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।
‘सांकेतिक भाषा बिना मानव अधिकारी संभव छैन्’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । साथै, घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ गण्डकीका अध्यक्ष गंगादेवी घर्तीमगरले दिवसलाई भव्य रुपमा मनाउने उद्देश्य भएपनि देशको पछिल्लो विषम परिस्थितीका कारण संभव नभएको बताइन् । आगामी वर्ष हर्षोल्लासका साथमा मनाउने उनले प्रतिवद्धता जनाइन् ।
बहिरा फुटबल क्लब, कास्कीका अध्यक्ष सूर्यमोहन बरालले सांकेतिक भाषा नभएमा बहिराहरु प्राकृतिक भाषामै सिमित हुनुपर्ने बताए । नेपालमा सांकेतिक भाषा काठमाडौं बहिरा संघका प्रतिनिधि निर्मलकुमार देवकोटाको टिमका विकास गरी निकै सह्रानीय काम गरेको उनले सुनाए । सांकेतिक भाषाबाटै बहिराहरुले आफ्ना भावना एकअर्कामा साटासाट गर्न सकेको उनले बताए ।
सोही कार्यक्रममा बहिरा महासंघकी केन्द्रीय सदस्य पार्वती भुजेल आलेमगरले नेपाली सांकेतिक भाषालाई प्राथमिकता दिन सुझाएकी थिइन् । केही युवाहरुले विदेशी एएसएल प्रयोगमा ध्यान दिन थालेकाले नेपाली सांकतिक भाषा ओझेल पर्नेमा उनको चिन्ता थियो । नेपाली सांकेतिक भाषामै ७ हजारभन्दा बढी प्रकाशित र अनुमोदन भएकाले सोही भाषालाई व्याहारमा उतार्नुपर्नेमा उनको जोड थियो ।
सिर्जना बहिरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद शर्माले बहिरा संचारमा सांकेतिक भाषा दिवसले सकरात्मक प्रभाव पारेको बताए ।
गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा २६ जना बहिरा सदस्यहरुको सहभागिता रहेको थियो ।





माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया