तुइनखोला पहिरोले मुग्लिन–नारायणगढ सडक अवरुद्ध, चितवन प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चितवन । तुइनखोलामा खसेको भीषण सुक्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड पूर्ण रूपमा बन्द भएपछि चितवन प्रशासनले वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ।
प्रशासनका अनुसार चितवनबाट काठमाडौं आउजाउ गर्न साना गाडीका लागि जुटपानी–शक्तिखोर–मायाटार हुँदै धादिङको मलेखु निस्कने बाटो प्रयोग गर्न सकिन्छ। यस्तै, धादिङको नौबिसे हुँदै मकवानपुरको हेटौंडा जाने त्रिभुवन राजपथ, हेटौंडाबाट भैंसे–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकालीको बाटो र ठूला सवारीसाधनका लागि कान्तिलोकपथ वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाएको छ।

चितवनबाट पोखरा जान चाहनेका लागि ठूला तथा साना दुवै सवारीसाधन बुटवल मार्ग प्रयोग गर्न सकिनेछ। त्यस्तै, साना गाडीका लागि गैंडाकोट–बुलिङ्टार–डेढगाउँ–भिमाद–खैरेनीटार हुँदै तनहुँ पुग्ने कालीगण्डकी करिडोर पनि विकल्पका रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ।

प्रशासनले मंगलबार साँझ जारी गरेको सूचनामा मुग्लिन–नारायणगढ सडक तत्काल सुचारु हुने सम्भावना नदेखिएको भन्दै सवारीधनी, यात्री र सरोकारवाला संघ–संस्थालाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। साथै, यात्रापूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सडक सञ्चालनमा आएपछि पुनः सूचना जारी गर्ने जानकारी दिएको छ।









प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान
हाइकिङको ६५ औं संस्करण म्याग्देको हर्षपुरमा
पश्चिमाञ्चल माविमा रक्तदान तथा विज्ञान प्रदर्शनी
प्रगति माविको खेल उत्सव सकियो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया