दशैं–तिहारमा खसीबोका बिक्रीमा पोखरा महानगरले अतिरिक्त शुल्क नलगाउने

समाधान संवाददाता २०८२ असोज ८ गते ११:५२

पोखरा । दशैं–तिहार पर्व लक्षित गरी पोखरा महानगरपालिका क्षेत्रमा बिक्री वितरण गरिने खसी, बोका, च्याङ्ग्रा, भेडा लगायतका चौपायामा कुनै पनि अतिरिक्त शुल्क नलगाइने भएको छ।

Advertisement

महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा आर्थिक ऐन, २०८२ बमोजिम चौपाया बिक्रीमा कुनै पनि प्रकारको बिक्री शुल्क नलाग्ने स्पष्ट गरिएको छ। साथै, प्रचलित बजार मूल्यमा अतिरिक्त शुल्क असुल नगर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ।

यो निर्णय २०८२ असोज २ गते बसेको पोखरा महानगरपालिकाको राजश्व परामर्श समितिको निर्णयअनुसार भएको हो। सूचनामा भनिएको छ, “प्रचलित बजार मूल्यभन्दा बाहिर गएर कुनै शुल्क वा अतिरिक्त रकम असुल गरिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।”

Advertisement

महानगरपालिकाले उपभोक्तालाई न्यानो चाडपर्वमा सहज र उचित मूल्यमा चौपाया उपलब्ध गराउन व्यवसायीलाई सहयोग गर्न आग्रह गरेको छ। साथै, अनुगमन प्रक्रियामा व्यवसायीले नियम उल्लंघन गरेमा कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया