गण्डकी प्रदेशका ३ सहकारी संस्थाको दर्ता खारेज

पोखरा । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले २०८२ असोज ७ गतेको निर्णयअनुसार थप तीनवटा सहकारी संस्थाको दर्ता खारेजी गरेको छ। खारेज भएका सहकारीमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–४ मा रहेको सिम्जुङ ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड, तनहुँ जिल्लाको देवघाट गाउँपालिका–२ मा रहेको बैदीशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड र म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका–४ मा रहेको मुदी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन्।
यसअघि गत वर्ष मात्र गोरखाका पाँच, कास्कीका तीन, तनहुँका तीन र लमजुङ तथा बागलुङका एक/एक गरी जम्मा १३ वटा सहकारी संस्थाको दर्ता खारेजी गरिएको थियो। पछिल्ला निर्णयसँगै हालसम्म गण्डकी प्रदेशभित्र कुल १६ वटा सहकारी संस्थाको दर्ता खारेजी भइसकेको छ।
दर्ता खारेजी भइसकेपछि गण्डकी प्रदेश सरकार अन्तर्गत ९०१ वटा सहकारी संघ–संस्था कायम रहेका छन्। तीमध्ये ५८१ वटा मात्र अद्यावधिक अवस्थामा रहेका छन् भने ३२० वटा निष्क्रिय रहेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ। त्यसमध्ये १३ वटा सहकारी संस्था र दुई वटा सहकारी संस्थाका सेवा केन्द्रमा आर्थिक अपचलन र हिनामिनाको आरोपमा मुद्दा दर्ता भई अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा लेखापढी गरिसकेको पनि कार्यालयले जनाएको छ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रभावकारी नियमन प्रणाली विकास गर्ने, आर्थिक अपचलन नियन्त्रण गर्ने, मिल्दाजुल्दा सहकारी संस्थालाई एकीकरणतर्फ प्रोत्साहन गर्ने र निष्क्रिय सहकारीलाई खारेज गर्ने नीति अघि सारेको छ। सोही नीतिअनुरूप सहकारी रजिष्ट्रारको कार्यालयले आफ्नो गतिविधि अघि बढाइरहेको रजिष्ट्रार भेषराज रिजालले जानकारी दिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया