पामे बचत तथा ऋण सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित

पोखरा ।
पामे बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ । सभामा सहकारीका सदस्य परिवारका उत्कृष्ट विद्यार्थी, उच्च शिक्षामा सफलता हासिल गर्ने, समाजमा योगदान पुर्याउने तथा सहकारीका उत्कृष्ट सदस्यलाई सम्मान गरिएको हो ।
सहकारीको सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने ४ जना विद्यार्थी, पीएचडी गर्ने २ जना, साथै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सहकारीकी ज्येष्ठ सदस्य बाटुली पाध्यनी, सहकारी अध्यक्ष नवराज पराजुली, पूर्वअध्यक्ष महेश्वर दवाडी र अग्निधर त्रिपाठीलगायतले दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरे । त्यस्तै, सबैभन्दा बढी उमेर पुगेका बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी र उत्कृष्ट बचतकर्तालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सहकारीका निर्वतमान अध्यक्ष अग्निधर त्रिपाठीले सहकारीलाई अझ सबल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । पूर्वअध्यक्ष महेश्वर दवाडीले सहकारीलाई सक्षम बनाउन समिति मात्र होइन, सम्पूर्ण सदस्य सक्रिय हुनुपर्ने उल्लेख गर्दै सञ्चित कोषलाई पनि मजबुत बनाउनुपर्नेमा जोड दिए ।
सल्लाहकार ओम सुबेदी, डिल्लीराम भट्टराई, ऋण तथा धितो मूल्याङ्कन समिति संयोजक खिमनाथ शर्मा तिमिल्सिना, शिक्षा उपसमिति संयोजक घनश्याम अधिकारी, महिला उपसमिति संयोजक दुर्गा तिमिल्सिना, संस्थापक सदस्य मिनराज खड्का र शेयर सदस्य घनश्याम पराजुलीलगायतले सहकारीले गाउँगाउँमा वित्तीय साक्षरता जगाउन महत्त्वपूर्ण योगदान गरेको धारणा व्यक्त गरे ।
त्यसैगरी, सहकारी अध्यक्ष नवराज पराजुलीले बाल खुत्रुके बचत योजना, दैनिक बचत खाता, पामे सुपर सेभिङ, नारी बचत खाता, विद्यार्थी बचत खाता लगायतका ग्राहकमैत्री योजना सञ्चालन भइरहेको जानकारी दिए । उनले सहकारीका सबल पक्ष र सुधार गर्नुपर्ने पक्षको विश्लेषण गर्दै आगामी दिनमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साधारणसभाले कोषाध्यक्ष लेखनाथ पराजुलीको आर्थिक प्रतिवेदन र सचिव शालिकराम लामिछानेको प्रतिवेदन पारित गरेको छ ।
सहकारीमा हाल १ हजार १० जना शेयर सदस्य रहेको छन् । सहकारीको अधिकृत पुँजी १५ करोड र चुक्ता पुँजी १० करोड १० लाख रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा सहकारीले १८ करोड ३० लाख निक्षेप संकलन गरी २७ करोड ५६ लाख ऋण प्रवाह गरेको जनाएको छ ।









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया