जेन–जी आन्दोलनमा एमालेका ६४ कार्यालय र नेता कार्यकर्ताका १५८ घर–व्यवसायमा तोडफोड
समाधान संवाददाता
२०८२ असोज ९ गते २:०८

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा नेकपा एमालेको केन्द्रीय कार्यालयसहित देशभरका ६४ पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ। त्यस्तै, सो पार्टीका नेता तथा कार्यकर्ताका १५८ भन्दा बढी घर र व्यवसायमा क्षति पुगेको एमालेले जनाएको छ।
पार्टी महासचिव शंकर पोखरेलले बुधबार बसेको केन्द्रीय कार्यालय बैठकपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आगजनी र तोडफोडबाट प्रभावित अधिकांश कार्यालयमा सरसफाइ र मर्मत–सम्भार सुरु भइसकेको बताए। उनका अनुसार क्षति भएको स्थानमा कार्यकर्ताहरू स्वयंसेवी भावनाका साथ परिचालित भई काम गरिरहेका छन्।
“राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी र आन्दोलनको रक्षा गर्न एमाले पुनः जुरमुराएर उठ्दैछ,” पोखरेलले भने। बैठकले प्राप्त प्रारम्भिक विवरणअनुसार क्षतिको विस्तृत विवरण संकलन भइरहेको पनि उनले स्पष्ट पारे।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया