एशियाका उत्कृष्ट १०० वैज्ञानिकमा पोखराका राजु आचार्य, उल्लु संरक्षणका लागि अन्तर्राष्ट्रिय सम्मान

काठमाडौँ । एशियन साइेन्टिस्ट पत्रिकाले प्रकाशित गरेको एशियन साइेन्टिस्ट १०० सूचीमा यस वर्ष पोखराका वातावरणविद् तथा संरक्षण अभियन्ता राजु आचार्यको नाम समेत समावेश गरिएको छ। सन् २०१६ देखि हरेक वर्ष प्रकाशन हुँदै आएको यो प्रतिष्ठित सूचीमा परेका आचार्य नेपालका पक्षी तथा वन्यजन्तु संरक्षण क्षेत्रका स्थापित नाम मानिन्छन्।
पत्रिकाले एशियाका उत्कृष्ट वैज्ञानिक र अनुसन्धानकर्ताको नाम सार्वजनिक गर्ने क्रममा आचार्यलाई “२०२४ को व्हिट्ली अवार्ड” प्राप्त भएको उपलब्धिका आधारमा सूचीमा राखेको हो। उनले नेपालमा उल्लुहरूको बासस्थान सुरक्षित गर्ने, सिकार रोक्ने र अवैध व्यापार नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी ढंगले अघि बढाएका छन्। सोही योगदानका कारण उनीलाई संरक्षण क्षेत्रमा उत्कृष्ट कार्यका लागि ‘ग्रीन नोबेल’ भनिने यो अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भएको थियो।
एशियन साइेन्टिस्ट पत्रिकाको मान्यताअनुसार यस सूचीमा पर्नका लागि वैज्ञानिक वा अनुसन्धानकर्ताले अघिल्लो वर्ष कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको वा महत्त्वपूर्ण वैज्ञानिक खोज तथा शैक्षिक वा औद्योगिक क्षेत्रमा उल्लेख्य नेतृत्व देखाएको हुनुपर्छ।
राजु आचार्य फ्रेन्ड्स अफ नेचर नेपाल का संस्थापक हुन्। उनले करिब दुई दशकदेखि नेपालमा जैविक विविधता संरक्षण, विशेषगरी उल्लु र अन्य पक्षीको अनुसन्धान तथा संरक्षणका क्षेत्रमा योगदान दिँदै आएका छन्। आचार्य नेतृत्वको टोलीले नेपालभरका विभिन्न क्षेत्रमा उल्लु गणना, जनचेतना अभिवृद्धि, विद्यार्थी तथा स्थानीय समुदायलाई संरक्षण अभियानमा सहभागी गराउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।
उनको नाम एशियाली वैज्ञानिकहरूको सूचीमा पर्नु नेपालका लागि पनि गौरवको विषय बनेको छ। संरक्षण क्षेत्रमा सक्रिय अन्य अभियन्ताले आचार्यको यो उपलब्धि नेपालमै मात्र नभई अन्तर्राष्ट्रिय समुदायलाई पनि प्रेरणादायी सन्देश भएको बताएका छन्।









गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
मंसिर महिनामा १२ हजार ४४२ जनामाथि ट्राफिक कारबाही
कालाबाङ घरेडीमा फोनिजको पर्यटन अन्तरक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया