गुरुङ गहना घरको नयाँ शाखा सञ्चालन

पोखरा । पोखराको न्युरोडमा रहेको गुरुङ गहना घरले आफ्नो पहिलो शाखा बिस्तार गरेको छ ।
चार वर्ष अघिदेखि सञ्चालनमा रहेको गुरुङ गहना घरले ग्राहकको सहजताको लागि थप व्यवस्थित रुपमा आफ्नो पहिलो शाखा पोखराको न्युरोडमै विस्तार गरेको हो ।
सोमबारदेखि सञ्चालनमा आएको शाखा गुरुङ गहना घरको मुख्य ठाउँबाट ४-५ घर उत्तरतर्फ रहेको छ । ग्राहकको चापलाई ध्यान दिएर केही फराकिलो ठाउँबाट र व्यवस्थित रुपमा सेवा दिने लक्ष्यका साथ शाखा बिस्तार गरेको गुरुङ गहना घरकी सञ्चालिका सीमा गुरुङले जानकारी दिइन् ।
साविक पसलबाट पनि गरगहना खरिद बिक्री भइरहने बताइन् । पहिलेको ठाउँमा पनि पसल यथावत रहन्छ । ग्राहकको माया र सद्भावकै कारण यहाँसम्म आएको र आगामी दिनमा पनि उनीहरूको सुझाव अनुसार नै अगाडि बढ्ने उनले सुनाइन् । गुरुङ गहना घरका प्रबन्ध निर्देशक नेल्सन गुरुङले पनि ग्राहकको अपार मायाका कारण नयाँ शाखा खोल्न सकिएको बताए । युवाहरूको विदेश पलायन बढिरहँदा आफूले स्वदेशमै केही गर्ने हुटहुटीसँगै व्यवसाय सम्हाल्दै आएको र अहिले आएर शाखा बिस्तार गरेर सेवा दिन लागेको उनको भनाई छ । गुरुङ गहना घरले व्यवसाय सँगसँगै संस्थागत सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ । केही समय अगाडि उसले वृहत रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।
गहना घरको भुँइतलाबाट सुनका गरगहना र पहिलो तलाबाट चाँदीका गरगहना बिक्री गर्न लागिएको छ । ग्राहकको आवश्यकतालाई ध्यान दिदैँ संस्कार संस्कृति अनुसारका गरगहना उपलब्ध गराउने प्रयास गरिएको र प्रदान गर्ने सेवा सुविधाका कारण ग्राहकको माया थपिदै गएको सञ्चालकको भनाइ छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया