
जोमसोम ।
नेपाल चीन उत्तरी कोरला नाका स्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयमा सोमबारसम्म ६७ करोड ९९ लाख ७६ हजार रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । मुस्ताङ भन्सार कार्यालय गत हप्ता पूर्ण रुपमा सञ्चालनमा आएको थियो ।
यहाँको नाका व्यापारिक मार्गको रुपमा सञ्चालन भएसँगै नेपाल–चीन कोरला नाकामा व्यापारिक चहलपहल बढेको छ ।
चीनबाट हालसम्म ३ सय ४३ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । जसमध्ये २ सय ३० वटा विद्युतीय सवारी गाडीको भन्सार जाँचपाँस भइसकेको मुस्ताङ भन्सार अधिकृत रमेश खड्काले जानकारी दिए । यसैगरी चीनबाट १ सय ६९ वटा मालबाहक कन्टेनरले चिनियाँ भन्सारबाट मालवस्तु लिएर नेपाल भित्रिएका छन् ।
कोरलाबाट भन्सार जाँचपाँसको क्रममा रहेका मालबाहक कन्टेनरमध्ये १ सय ४१ वटा मालबाहक कन्टेनरको भन्सार जाँचपाँस भई गन्तव्यतर्फ प्रस्थान गरेको भन्सार अधिकृत खड्काको भनाइ छ । यता, नेपालतर्फको भन्सारबाट २ कन्टेनर हस्तकलाका सामग्री बोकेको ढुवानीको साधनको जाँचपाँस भई चीनतर्फ निकासा भएको भन्सार अधिकृत खड्काले बताए ।
योसँगै चीनतर्फ आयात गरिएका विद्युतीय सवारीमध्ये १ सय १३ वटा विद्युतीय सवारी र २८ वटा मालबाहक कन्टेनरको भन्सार जाँचपाँसको क्रममा रहेको जनाइएको छ । नेपाल–चीन कोरला नाकाबाट मालवस्तु आयात र विद्युतीय सवारी साधन भित्रिने क्रम निकै सुस्त रहेको भन्सार अधिकृत खड्काले बताए । चिनियाँ भन्सारमा सिमापार पास नभएका नेपाली चाललाई प्रवेश नदिने भएकाले समस्या आइपरेको हो ।
त्यहाँ नाकामा सीमापार पास भएका स्थानीय चालकले चीनको भन्सारबाट कन्टेनर र विद्युतीय गाडी चलाएर बाहिर निकाल्दिने भए पनि त्यहाँ चालकको दक्षता कम भएकाले प्राविधिक समस्या आएको भन्सार अधिकृत खड्काले उल्लेख गरे । ‘अहिले दैनिक ५/१० कन्टेनर र ५/१० वटा विद्युतीय गाडी स्थानीय चालकले चलाएर ल्याउँछन्, त्यहाँको चीन भन्सारमा आएका मालवस्तु कन्टेनर र विद्युतीय गाडी कम मात्रामा छोड्ने भएकाले व्यापारीलाई आन्तरिक समस्या आएको हो,’ उनले भने ।
भन्सार अधिकृत खड्काले सिन्धुपाल्चोकको अवरुद्ध नाका सञ्चालनमा आइसकेकाले यहाँको नाकाबाट मालवस्तु आयातको चाप कम हुँदै गएको बताए । यसअघि यहाँको कोरला नाका, तातोपानी नाका र रसुवागढी नाका बाढी पहिरोका कारण अवरुद्ध भएपछि कोरला नाकालाई वैकल्पिक नाकाको रुपमा भन्सार विभागले पूर्ण रुपमा सञ्चालनमा ल्याएको थियो ।
कोरला नाकालाई व्यापारिक मार्गको रुपमा उपयोग गर्न हालै भन्सार विभागले आसिकुड प्रणाली कार्यान्वयनमा ल्याएको थियो । नेपाल राष्ट्र बैंकले यहाँको नाकाका लागि प्रतीतपत्र (एलसी)मार्फत मालवस्तु सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरेको थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
माधव वियोगी साहित्य पुरस्कार विनोदीलाई, उदासी र घिमिरेलाई सम्मान
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया