पवित्र सहकारीमा रानाभाटको नेतृत्व

पोखरा ।
पोखरा ९ कुन्तीमलमा रहेको पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ साधारण सभा तथा ५औँ अधिवेशनले चार वर्षका लागि गुप्तबहादुर रानाभाटको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रु रानाभाट, सचिवमा एकेन्द्र वन्जरा, कोषाध्यक्षमा महादेव रानाभाट र सदस्यहरूमा संजयकुमार रानभाट, महेन्द्र रानाभाट, गोमा रानाभाट, लेखनाथ रानाभाट, जयन्ती कार्की रानाभाट सर्वसम्मत निर्वाचित भएको निर्वाचन उपसमिति सदस्य अधिवक्ता मीना रानाभाटले बताइन् । यसै गरी लेखा समितिको संयोजकमा यमबहादुर रानाभाट र सदस्यहरूमा नरेशकुमार वञ्जरा र रेवती अधिकारी भाट सर्वसम्मत निर्वाचित भएका छन् ।
निर्वाचन गर्नका लागि खड्ग बहादुर रानाभाटको संयोजकत्वमा अधिवक्ता मीना रानाभाट र श्री बहादुर रानाभाट सदस्य रहेको तीन सदस्यीय निर्वाचन उपसमिति गठन गरिएको थियो ।
सभाको रानाभाट/भाट समाज नेपालका पूर्व केन्द्रिय अध्यक्ष खड्ग बहादुर रानाभाटले उद्घाटन गर्दै देशको परिस्थिति अनुसार आर्थिक संस्थाहरू पनि पारदर्शी हुनुपर्ने बताएका थिए । त्यसै गरी सल्लाहकारहरू देवेन्द्र रानाभाट र चन्द्रबहादुर रानाभाट, पूर्व अध्यक्ष अधिवक्ता मीना रानाभाट, लक्ष्मी सनराईज बैंकका शाखा प्रबन्धक सुर्यबहादुर रानाभाटले शुभकामना मन्तव्य दिएका थिए ।
शेयर सदस्यको तर्फबाट पूर्व सचिव श्रीधर रानाभाटले ४८ जनाबाट सुरु भएको संस्थाका शेयर सदस्य १३ सय पुगेको बताउँदै आगामी दिनहरूमा पनि अझै मितव्ययी कार्यक्रम गर्न सुझाव दिएका थिए ।
सो अवसरमा असल कारोबारकर्ता सम्मानबाट पोखरा १३ काहुँखोलाकी सीतादेवी रानाभाट र पोखरा २६ कन्धनीडाँडाका प्रेमबहादुर रानाभाट, ज्येष्ठ शेयर सदस्य सम्मानबाट ८० वर्ष उमेर माथिका बोधराज रानाभाट, बलबहादुर रानाभाट, जशोदा रानाभाट, ज्ञानबहादुर रानाभाट, केशरबहादुर रानभाट, सुकदेव रानाभाट, लोकबहादुर रानभाट, कृष्णबहादुर देवकोटा क्षेत्री, यमलाल राईभाट, भद्रकाली रानाभाटलाई नगद, दोसल्ला, अबिर र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष बुद्धि बहादुर रानाभाटले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा संस्थाले अवलम्बन गर्नुपर्ने नीति निर्माण गर्ने लगाएतका प्रस्ताव राखेका थिए । कोषाध्यक्ष एकेन्द्र वञ्जराले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक क्याप्टेन हुमबहादुर रानाभाटले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष बुद्धिबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गुप्तबहादुर रानाभाट र संचालन सचिव चन्द्रु रानाभाटले गरेकी थिइन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया