पाहार ट्रस्टको तालिम

पोखरा ।
पाहार ट्रस्ट नेपालले आफ्ना पदाधिकारी, कार्यसमिति सदस्य, कर्मचारी, र निर्माण परियोजनामा संलग्न प्राविधिक तथा दक्ष कामदारलाई लक्षित गरी वार्षिक पुनर्ताजगी दिएको छ । तालिममा २४ जना सहभागिता भए ।
पाहार ट्रस्ट नेपालका अध्यक्ष बिजुलीबहादुर गुरुङ र संस्थापक अध्यक्ष चन्द्रबहादुर गुरुङले संयुक्त रुपमा ब्यानर अनावरण गरी तालिम सुरुआत गरे । कार्यक्रममा संस्थापक अध्यक्ष गुरुङले संस्थाले ३२ वर्षदेखि नेपालका विभिन्न विकट गाउँहरूमा विद्यालय भवन र स्वास्थ्य चौकी भवन निर्माण गर्दै आएको जानकारी दिए ।
हाल भवन निर्माणका नवीनतम प्राविधिक पक्षका साथमा भूकम्प प्रतिरोधी भवनहरू निर्माण गरिरहेको जानकारी दिदै उनले यी सबै भवनहरू नेपाल सरकारको भवन संहिता अनुसार स्तरीय सामग्री र नक्सांकन गरी निर्माण गरिने बताए । पाहार ट्रस्ट नेपालका अध्यक्ष गुरुङले संस्थाले नेपालका दूरदराज क्षेत्रहरूमा विद्यालय र स्वास्थ्य चौकी भवन निर्माण कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले विद्यालय भवनहरूको निर्माणले बालबालिकाको शैक्षिक विकासमा मद्दत पुर्याउनुका साथै विद्यालय जाने प्रवृत्तिमा समेत सकारात्मक परिवर्तन आइरहेको बताए । बालबालिकाले सुरक्षित र बालमैत्री विद्यालयमा अध्ययन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार भएकाले विद्यालय भवनहरू निर्माण गर्दा सुरक्षित र बालमैत्री हुनुपर्नेमा उनले जोड दिए ।
संस्थाले विगत ३२ वर्षदेखि नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न स्थानमा ३ सयभन्दा बढी परियोजना सम्पन्न गरिसकेको छ । सामुदायिक विद्यालय भवन, स्वास्थ्य चौकी भवन, प्रारम्भिक बाल विकास कक्षाहरूको निर्माण तथा विकासका साथै विद्यार्थीलाई छात्रवृत्ति प्रदान र विद्यालयहरूमा सुविधायुक्त पुस्तकालय निर्माण तथा पुस्तकालय व्यवस्थापन तालिमहरू सञ्चालन गर्दै आएको छ ।
संस्थाले निर्माण गरेका अधिकांश परियोजना देशका विकट पहाडी जिल्ला केन्द्रित छन् । पाहार ट्रस्ट नेपालका प्रोजेक्ट म्यानेजर इन्जिनियर टेकराज रानाले भवन निर्माण कार्यमा कार्यरत इन्जिनियर, सुपरभाइजर तथा दक्ष कामदारलाई भवन निर्माणका विविध पक्षमा तालिम दिन र पाहार ट्रष्ट नेपालका कार्यसमिति तथा कर्मचारीलाई निर्माण पक्षलाई पारदर्शी, सुदृढ एवं समन्वयकारी भूमिका निर्वाह गर्न क्षमता अभिवृद्धि तालिमहरू सञ्चालन गरिने जानकारी गराए ।
संस्थाका महासचिव टेकमान प्रधानांगले भवन निर्माण कार्यमा खटिने सम्पूर्ण प्राविधिकले निर्माण कार्यलाई नेपाल सरकारको तोकिएको मापदण्ड अनुसारको भूकम्प प्रतिरोधी र स्तरीय सामग्रीहरू प्रयोग गरी बनाउन संस्था कटिबद्ध रहेको बताए ।
संस्थाका कार्यालय प्रमुख कान्ता घले गुरुङले संस्थाले अगाडि बढाएका परियोजनाहरू स्थानीय आवश्यकता अनुरुपका बालमैत्री र भूकम्प प्रतिरोधी भएको जनाइन् । उनले तालिममा सिकेका कुराले त्यसमा थप सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । सोही अवसरमा पाहार ट्रस्ट युकेका अध्यक्ष टिम मिचेल र एक्जुकेटिभ डाइरेक्टर एलेन स्विटम्यान, संस्थाका लाइब्रेरी म्यानेजर बालकाशी गुरुङले बोलेका थिए ।
पाहार ट्रस्ट युकेले नेपालका विद्यालयहरूको निर्माणमा थप सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरेको सन्देश कार्यक्रममा पढेर सुनाइएको थियो ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया