राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’असोज २५ देखि बजारमा

काठमाडौं । अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ यही असोज २५ देखि बजारमा आउने भएको छ ।
दसैंको कोसेलीस्वरूप भदौमा पुस्तक सार्वजनिक गर्ने तयारी गरिए पनि पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमका कारण पुस्तक सार्वजनिक गरिने मिति सारिएको हो । यसअघि अभिनेता हमालको जन्मदिनको अवसरमा पुस्तकको आवरणसमेत अनावरण गरिसकिएको छ ।
‘बहुप्रतीक्षित एवम् महत्त्वाकाङ्क्षी साहित्यिक घटनामध्ये एक, हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक मिति घोषणा गर्न पाउँदा हामी हर्षित छौं,’ फाइनप्रिन्टका नीरज भारीले भने, ‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई गजबको कोसेली दिने हाम्रो अभिप्राय छ । प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो ।’
हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ । लेखक एवम् पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको प्रकाशक फाइनप्रिन्टले बताएको छ ।







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया