‘स्वस्तिक इंकले लियो पोखरामा बिवाइडी गाडीको डिलरसिप

पोखरा । अटोमोबाइल व्यवसायमा लामो अनुभव हासिल गरेका व्यवसायी प्रमेश पराजुली र डिल्लीराज सुवेदी (शिशिर) अब विश्वप्रसिद्ध विद्युतीय कार ब्रान्ड बिवाइडीसँग आबद्ध भएका छन् । उनीहरूले पोखरा क्षेत्रमा बीवाईडी गाडीको आधिकारिक डिलरसिप प्राप्त गर्दै ‘स्वस्तिक इंक प्रालि’मार्फत बिक्री सुरु गरेका हुन् ।
यसअघि बिवाईडीका लागि नेपालको आधिकारिक आयातकर्ता साइमेक्स इंक प्रालिले पोखरामा आफ्नै स्वामित्वमा शोरुम सञ्चालनमा ल्याएको थियो । अब भने बुद्धचोकस्थित उक्त अत्याधुनिक शोरुम ‘स्वस्तिक इंक’ अन्तर्गत रहनेछ ।
पराजुली र सुवेदी अटोमोबाइल व्यवसायमा सफल व्यवसायीका रूपमा परिचित छन् । उनीहरूको संयोजनमा बिवाइडी पोखरामा थप लोकप्रिय बन्ने विश्वास गरिएको छ । कम्पनीले बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।
१२ हजार ८ सय ४५ वर्गफुट क्षेत्रमा फैलिएको बुद्धचोकस्थित शोरुम नवीनतम कर्पोरेट आइडेन्टिटी र भिजुअल आइडेन्टिटी मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको छ । यो शोरुमबाट ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्रीएस) सुविधा एकै स्थानमा पाउनेछन् ।
साइमेक्स इंकले पोखरालाई दीर्घकालीन रणनीतिक बजारका रूपमा लिएको बताउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले नयाँ शोरुम र प्रिमियम गुणस्तरका उत्पादनले पोखराका ग्राहकलाई उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गरेका छन् ।
नेपाली बजारमा बिवाइडीले अट्टो ३, अट्टो २, अट्टो १, सिलायन ७, एम ६, सिल र डल्फिनजस्ता मोडल उपलब्ध गराएको छ । इन्ट्री–लेभलदेखि प्रिमियम सेगमेन्टसम्मका गाडी उपलब्ध गराउँदै बिवाइडी नेपाली बजारमा क्रमशः लोकप्रिय बन्दै गएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया