यसपटक दसैँमा खाद्यले खसी–बोका नबेच्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने निर्णय गरेको छ । पछिल्ला दिनमा देखिएको जेनजी आन्दोलनका कारण आपूर्ति व्यवस्थापनमा समस्या आउने, सडक अवरुद्ध हुने र पशु ढुवानी असुरक्षित बन्न सक्ने भन्दै कम्पनीले बिक्री रोक्ने निर्णय गरेको हो ।
कम्पनीले दसैँलाई लक्षित गर्दै करिब दुई हजार खसी–बोका र च्याङ्ग्रा खरिद गर्ने प्रक्रिया सुरु गरेको थियो । तर, आन्दोलनपश्चात् उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सचिवस्तरीय बैठकमार्फत खरिद तथा बिक्री नगर्ने निर्णय गरेको कम्पनीकी बागमती प्रदेश प्रमुख धर्मकुमारी राजबंशीले जानकारी दिइन् ।
उनका अनुसार यसअघि अनलाइनमार्फत खसी–बोका खरिद गर्न बुकिङ गरेका उपभोक्ताको अर्डर रद्द गरिएको छ र रकम फिर्ता गर्ने प्रक्रिया सुरु भएको छ ।
खाद्यले विगतमा दसैँका बेला पशु स्वास्थ्य परीक्षण गरी सस्तो मूल्यमा उपभोक्तालाई खसी–बोका उपलब्ध गराउँदै आएको थियो । कम्पनीले निर्धारण गर्ने मूल्यले बजारमा हुने कृत्रिम मूल्यवृद्धि रोकथाममा समेत सहयोग गर्दै आएको थियो । तर यसपटक कम्पनीको बिक्री नहुँदा बजारमा मूल्य नियन्त्रणमा चुनौती देखिने अनुमान गरिएको छ ।
काठमाडौँ उपत्यकामा मात्र दसैँको समयमा करिब ५० हजार खसी–बोकाको अतिरिक्त माग हुने गरेको जनाइएको छ । रासस









कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया