डेढ महिना अघि दुधपोखरीमा हराएका युवकको शव सशस्त्र प्रहरीका गोताखोरले फेला पारे

पोखरा । करिब डेढ महिना अघि दुधपोखरीमा डुबेर बेपत्ता भएका युवकको शव अखेर सशस्त्र प्रहरी बलका गोताखोर टोलीले फेला पारेको छ ।
साउन २४ गते जनैपूर्णिमाको अवसरमा लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–३ मा अवस्थित दुधपोखरी कुण्डमा नुहाउने क्रममा हराएका क्वहोलासोथार गाउँपालिका–४ भुजुङ बस्ने १८ वर्षीय मनोज गुरुङको शव असोज ११ गते गोताखोरले सतहमा ल्याएका हुन् ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, असोज १० गते पोखरास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट चार जना गोताखोरको विशेष टोली एयर डाइनेस्टिको हेलिकप्टरमार्फत दुधपोखरी पुर्याइएको थियो ।
लामो समयदेखि हराइरहेका गुरुङको खोजी कठिन बनेपछि स्थानीयवासी, परिवार तथा सरोकारवाला निकायले बारम्बार प्रहरीसँग पहल गर्न आग्रह गरेका थिए । सोही क्रममा विशेष टोली परिचालन गरिएको र शव सडेगलेको अवस्थामा फेला पारेपछि अन्ततः परिवारलाई जिम्मा लगाइएको डिएसपी थापाले जानकारी दिए ।
जनैपूर्णिमाको मेलामा दुधपोखरीमा ठूलो संख्यामा भक्तजन नुहाउन आउने गर्छन् । यही अवसरमा गुरुङ साथीहरूसँग पोखरीमा पसेका थिए । तर नुहाउने क्रममा डुबेर बेपत्ता भएपछि सोही दिनदेखि निरन्तर खोजी प्रयास भए पनि सफल परिणाम नआएको परिवारजनको भनाइ छ ।
स्थानीयवासीका अनुसार दुधपोखरी धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । तर पोखरी गहिरो र चिसो हुने भएकाले त्यहाँ डुब्ने घटना दोहोरिने गरेको छ । यसअघि पनि मेलाको समयमा मानिसहरू डुब्ने घटना भएको स्थानीयले बताएका छन् ।
मनोजको शव भेटिएसँगै परिवारमा पीडाबीच पनि केही राहत पुगेको छ । स्थानीय प्रशासनले दुधपोखरी क्षेत्रमा सुरक्षात्मक व्यवस्था बढाउने र जनचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया