अनधिकृत सुविधा लिइरहेका महरा, घर्ती र तिमिल्सिनाले गाडी फिर्ता गरे–अर्थमन्त्री

पाेखरा ।
अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ‘अनधिकृत’ रूपमा सुविधा लिइरहेका केही पूर्वअधिकारीले सवारीसाधन फिर्ता गरेका बताएका छन् । पूर्वसभामुख÷राष्ट्रियसभाका पूर्वअध्यक्षहरूमध्ये कृष्णबहादुर महरा, ओनसरी घर्ती र गणेशप्रसाद तिमिल्सिनाले गाडी फिर्ता गरेका उनले जानकारी दिए ।
“कानुनमा सवारीसाधन सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनुभएका पूर्वसभामुख तथा राष्ट्रियसभा अध्यक्षहरूमध्ये कृष्णबहादुर महराज्यू, ओनसरी घर्तीज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारीसाधन फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छ,” उनले मंगलबार (असोज १४) फेसबुकमा लेखेका छन् ।
अन्तरिम सरकार गठनपश्चात् सबै कार्य कानुनानुसार भएको उनले स्पष्ट पारेका छन् । “सबै कुरा कानुनानुसार भएको छ । यदि, कानुनले अतिरिक्त र अनावश्यक विशेषाधिकार दिएको छ भने हामी अब केही गर्न सक्दैनौँ,” उनले भनेका छन्, “हामी कानुनी परिवर्तनको लागि तयारी गर्नेछौँ ।”
अनधिकृत प्रयोगका बारेमा नागरिकका रूपमा सबैजना चिन्तित हुनुपर्नेमा उनले जोड दिएका छन् । “अहिलेसम्म लगभग २१ पूर्वभीभीआईपीले सवारीसाधन र विशेषाधिकार फिर्ता गरिसकेका छन्,” उनले भनेका छन् ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया