प्रधानमन्त्री कार्की पीडित परिवारको घरमै पुगेर सान्त्वना

काठमाडौँ। प्रधानमन्त्री सुशिला कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका सदस्यलाई घरमै पुगेर भेटघाट तथा सान्त्वना दिएकी छन् ।
उनी आज काठमाडौँ महानगरपालिका–१६, वनस्थलीस्थित सौरभकुमार श्रेष्ठको घर, नागार्जुन–३, स्वयम्भुस्थित कान्छी नगरकोटीको घर र कीर्तिपुर–२, मैत्रीनगरस्थित बुद्धिबहादुर तामाङको घरमा पुगेकी थिइन् । भेटका क्रममा प्रधानमन्त्री कार्कीले सहिदको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै त्यस्ता सपना खेर जान नदिने दृढता व्यक्त गरिन् ।

पीडित परिवारसँग कुराकानी गर्दै उनले समस्या परे सरकारलाई जानकारी दिन आग्रह गर्दै राज्य पीडित परिवारको रेखदेखमा ख्याल गर्ने बताइन् । प्रधानमन्त्रीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल पनि मृतकका परिवारसँगै भेटघाटमा सहभागी थिए ।
सो अवसरमा प्रधानमन्त्री कार्की र मन्त्री खरेलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै तस्बिरमा माल्यार्पण गरे । परिवारका सदस्यले आफ्ना समस्या प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा सुनाउने मौका पाएको भन्दै केही राहत महसुस भएको प्रतिक्रिया दिएका छन् । ‘सरकार भएको अनुभूति अहिले भएको छ’ भन्ने भावनासहित परिवारले प्रधानमन्त्रीको उपस्थितिलाई विशेष मान्यता दिएका छन् ।











४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया