एलन मस्क ५०० अर्ब डलर सम्पत्ति भएका विश्वकै पहिलो व्यक्ति घोषित

काठमाडौँ । अमेरिकी विद्युतिय सवारी साधन निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्क ५०० अर्ब डलरको कुल सम्पत्ति पार गर्दै विश्वकै पहिलो धनी व्यक्ति बनेका छन्।
फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार बुधबार साँझ ४ः१५ बजे (पूर्वी समय) सम्म मस्कको सम्पत्ति ५००.१ अर्ब डलर पुगेको छ। टेस्लाको सेयरमा भएको तीव्र वृद्धि र मस्कका अन्य प्रविधिमूलक कम्पनीहरूको बजार मूल्य बढ्दै गएको कारण यो उपलब्धि सम्भव भएको हो।
मस्कको सम्पत्तिको प्रमुख हिस्सा टेस्लासँगै जोडिएको छ। सेप्टेम्बर १५ सम्म उनको नाममा १२.४५ प्रतिशतभन्दा बढी टेस्ला सेयर रहेको फोर्ब्सले उल्लेख गरेको छ। यस वर्षको सुरुवातमा सेयर मूल्य घटेको भए पनि पछिल्लो समयमा १४५ प्रतिशतभन्दा बढीले बढेको टेस्लाको सेयर बुधबार मात्र ३.३५ प्रतिशतले वृद्धि हुँदा मस्कको सम्पत्ति एकैदिनमा ६ अर्ब डलरभन्दा बढीले बढेको थियो।
टेस्लाको निर्देशक बोर्डका अध्यक्ष रोबिन डेनहोमका अनुसार अब मस्क पूर्णरूपमा कम्पनीमा सक्रिय भएका छन्। केही महिनाअघि ह्वाइट हाउससँग सम्बन्धित काममा व्यस्त रहे पनि हाल टेस्लाको भविष्यप्रति विश्वास प्रकट गर्दै उनले करिब १ अर्ब डलर बराबरको टेस्ला सेयर खरिद गर्ने घोषणा गरेका थिए।
यससँगै कम्पनी परम्परागत कार व्यवसायभन्दा बाहिर निस्कँदै कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्सको क्षेत्रमा पनि प्रमुख शक्ति बन्ने दिशामा अघि बढिरहेको छ। हालै कम्पनीले मस्कका लागि करिब १ ट्रिलियन डलर बराबरको क्षतिपूर्ति योजना समेत प्रस्ताव गरेको थियो।
टेस्लासँगै मस्कको एआई कम्पनी एक्सएआई र अन्तरिक्ष व्यवसाय गर्ने कम्पनी स्पेसएक्स को बजार मूल्याङ्कन पनि निरन्तर बढिरहेको छ। पिचबुकको तथ्याङ्कअनुसार जुलाईमा एक्सएआईको मूल्याङ्कन मात्र करिब ७५ अर्ब डलर पुगेको छ।
फोर्ब्सको सूचीमा मस्कपछि दोस्रो धनी ओरेकलका संस्थापक ल्यारी एलिसन रहेका छन्। बुधबारसम्म उनको सम्पत्ति ३५०.७ अर्ब डलर रहेको बताइएको छ।







हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया