गण्डकी प्रदेश सभाको बैठक २२ गतेलाई डाकियो
सभाहल र सचिवालय जलेर ध्वस्त भएपछि गण्डकी प्रदेशसभाको बैठक कृषि मन्त्रालयको हलमा

पोखरा । गण्डकी प्रदेशसभाको बैठक अब असोज २२ गते मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार जेन्जी आन्दोलनका क्रममा प्रदेशसभा हल र सचिवालय भवन जलेर पूर्णरूपमा क्षतिग्रस्त भएपछि नयाँ स्थानमा बैठक सारिएको हो ।
प्रदेश सभा सचिव गोविन्द पौडेलद्वारा असोज १८ गते जारी सूचनामा भनिएको छ,
“मिति २०८२ साल भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको गण्डकी प्रदेश सभाको बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । हाल माननीय सभामुखज्यूले बैठक मिति २०८२ साल असोज २२ गते दिनको १ बजे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, मालेपाटन पोखराको सभाहलमा बस्नेगरी मिति र स्थान निर्धारण गर्नुभएको छ ।”
सूचनामा गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम ६ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशन गरिएको उल्लेख गरिएको छ ।
जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदर्शनकारी समूहले प्रदेश सभा हलमा आगजनी गरेपछि भवन र सचिवालय पूर्णरूपमा प्रयोगयोग्य नरहेको अवस्था छ । काठ, फलाम र सिसा जल्ने क्रममा सभाहलको आन्तरिक संरचना, ध्वनि प्रणाली, कागजात र अभिलेखसमेत नष्ट भएका थिए । त्यसयता सचिवालयका अधिकांश प्रशासनिक कामहरू अस्थायी रूपमा विभिन्न मन्त्रालयका कक्षहरूमा सरेर सञ्चालन हुँदै आएका छन् ।
प्रदेशसभा स्रोतका अनुसार स्थायी हल पुनःनिर्माणको काम अघि बढाउन प्रारम्भिक मूल्याङ्कन भइसकेको छ र पुनःनिर्माणका लागि आवश्यक बजेट छुट्याउन तयारी भइरहेको छ ।
यसबीचमा सभामुख कृष्णप्रसाद धितालले पनि स्थगित बैठकलाई वैकल्पिक भवनमा बसाल्ने तयारी गर्न निर्देशन दिएका थिए । स्रोतका अनुसार सुरक्षा निकाय र प्राविधिक टोलीको सुझावअनुसार मालेपाटनको मन्त्रालय भवनलाई अस्थायी रूपमा उपयुक्त ठहर गरिएको हो । जिल्ला समन्वय समितिको हल, स्वास्थ्य तालिम केन्द्र र पशुपंक्षी विकास निर्देशनालयको हल पनि सचिवसहितको टोलीले अनुगमन गरेको थियो ।
गण्डकी प्रदेशसभा सचिवालयका अनुसार, मालेपाटनको सभा हलमा ध्वनि प्रणाली, बैठक व्यवस्था र सुरक्षा व्यवस्थापनका केही प्राविधिक तयारी बाँकी छ, जुन बैठक बस्नुअघि पूरा गरिनेछ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया