देशभर मनसुनी वायुको प्रभाव, कोशी–मधेसमा भारी वर्षाको सम्भावना

काठमाडौँ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव अहिले देशभर रहेका कारण अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु सक्रिय रहेकाले आज दिनभर र रातिसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ । मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने कोशी र गण्डकी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा जारी छ ।
दिउँसोतिर कोशी र मधेस प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बदली रहने, बागमती र लुम्बिनी प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । यस अवधिमा कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी तथा तराई भूभागका केही भागमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
आज राति पनि कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहने र केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा जारी रहने सम्भावना छ । कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।
वातावरणविद्हरूले पछिल्ला दिनहरूमा मनसुनी वायु सक्रिय बनेकाले केही प्रदेशमा जल तथा पहिरो जोखिम बढ्न सक्ने चेतावनी दिँदै सावधानी अपनाउन आग्रह गरेका छन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया