मौसम सुधारसँगै आन्तरिक हवाई उडान पुनः सुरु
समाधान संवाददाता
२०८२ असोज १९ गते १०:१३

काठमाडौँ । अविरल वर्षाका कारण हिजोदेखि स्थगित आन्तरिक हवाई उडान आज बिहानैदेखि पुनः सञ्चालनमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम अनुकूल बनेसँगै काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरतर्फका उडान बिहानैदेखि भएका छन् ।
विमानस्थलका प्रवक्ता क्याप्टेन सुदर्शन बारालका अनुसार पोखरा र सुर्खेत क्षेत्रको मौसम पनि हवाई उडानका लागि अनुकूल बनेपछि अन्य गन्तव्यतर्फ पनि क्रमशः उडान सञ्चालन गर्ने तयारी भइरहेको छ ।
हिजोको दिनभर देशका विभिन्न भागमा भारी वर्षा र कम दृश्यता भएका कारण सबै आन्तरिक उडान रोकिएका थिए । तर, आज बिहानदेखि मौसममा सुधार आएपछि हवाई सेवा पुनः सञ्चालनमा आएको विमानस्थलले जनाएको छ ।
यसबीच, अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
सम्बन्धित









स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया