गण्डकी प्रदेश सभा जलेर खरानी भएपछि मन्त्रालयको हलमा बोलाइयो बैठक
समाधान संवाददाता
२०८२ असोज १९ गते १२:५३

पाेखरा ।
जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा सचिवालय र सभाहलसहितका संरचना ध्वस्त भएपछि गण्डकी प्रदेशको संसद् बैठक मन्त्रालयको हलमा बोलाइएको छ।
प्रदेश सभा सचिव गोविन्द पौडेलका अनुसार बैठक असोज २२ गते दिउँसो १ बजे पोखराको मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बस्नेछ।
यसअघि प्रदेश सभा बैठक भदौ २५ गते दिउँसो १ बजे बोलाइएको थियो। तर, भदौ २४ गते आन्दोलन चर्किएपछि बैठक स्थगित गरिएको थियो।
सभामुख, उपसभामुख र प्रदेश सभा सचिवको टोलीले वैकल्पिक स्थानको खोजी गरेको थियो। सुरक्षा र प्राविधिक दृष्टिकोणले कृषि मन्त्रालयकै हल उपयुक्त ठहरिएपछि सभामुख कृष्णप्रसाद धितालले बैठक आह्वान गरेका हुन्।
सचिवालयमा दर्ता भएको गाँजालाई वैधानिकता दिने सम्बन्धी विधेयकलाई सम्बन्धित समितिमा पठाएर बर्खे अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया