दुई दिनको वर्षा: देशभर ३९ जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौं । शनिबार र आइतबार लगातार परेको अविरल वर्षाले देशभर भीषण जनधन क्षति पुर्याएको छ । सशस्त्र प्रहरी बलका ताजा तथ्याङ्कअनुसार दुई दिनको वर्षाबाट ३९ जनाको ज्यान गएको छ, ११ जना बेपत्ता छन् र १३ जना घाइते भएका छन् ।
सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको सशस्त्र प्रहरीको तथ्याङ्कले देखाएको छ । कोशीमा मात्रै ३६ जनाको मृत्यु भएको छ । जसमध्ये इलाममा २७ जनाले ज्यान गुमाएका छन् । इलाममै पाँच जना बेपत्ता र एक जना घाइते भएका छन् । त्यसैगरी उदयपुरमा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन् भने खोटाङमा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । पाँचथरमा पनि ६ जनाको ज्यान गएको छ र ६ जना घाइते भएका छन् ।
मधेश प्रदेशको रौतहटमा ३ जनाको मृत्यु भएको छ भने बारामा एक जना बेपत्ता छन् । बागमती प्रदेशअन्तर्गत रसुवामा ४ जना र काठमाडौंमा एक जना बेपत्ता भएका छन् । मकवानपुरमा एक जना घाइते भएका छन् ।
देशका विभिन्न स्थानमा अझै वर्षा भइरहेकाले पहिरो, बाढी र डुबानको जोखिम कायम रहेको बताउँदै स्थानीय प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया