बाढी–पहिरोमा परेर देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

पाेखरा । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ। बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन्। बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ।
इलामको सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिकामा ६, देउमाई नगरपालिकामा २, फाकफोकथुम गाउँपालिकामा १, माङ्सेबुङ गाउँपालिकामा ३, माइजोगमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यसैगरी बाढीपहिरोमा परी उदयपुरमा २, रौतहटमा ३, रसुवामा ४ र काठमाडौँमा १ जनाको मृत्यु भएको छ। खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट ८ जना घाइते भएका छन्। पाँचथरमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन्।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया