देशभर बाढीपहिरोमा ५३ जनाको मृत्यु, इलाममै ३७ जनाले गुमाए ज्यान

समाधान संवाददाता २०८२ असोज २० गते ६:३५

पोखरा । शुक्रबार र शनिबारको अविरल वर्षाले देशभर विभिन्न स्थानमा बाढी र पहिरोको विपत्ति ल्याउँदा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । नेपाल प्रहरीले आइतबार साँझसम्म संकलन गरेको पछिल्लो विवरणअनुसार यो संख्या अझै बढ्ने सम्भावना छ ।

सबैभन्दा बढी कोशी प्रदेशका जिल्लाहरू प्रभावित भएका छन् । इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ भने पाँचथरमा ८, उदयपुर र खोटाङमा २–२ जनाले ज्यान गुमाएका छन् । मधेस प्रदेशको रौतहटमा पनि बाढीले ३ जनाको ज्यान लिएको छ ।

अविरल वर्षा रोकिए पनि विभिन्न जिल्लाबाट थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण ठूलो मात्रामा भौतिक क्षति पनि पुगेको बताइए पनि त्यसको पूर्ण विवरण आउन बाँकी छ ।

Advertisement

तपाईको प्रतिक्रिया