वैशाखयता विपदमा २८५ को मृत्यु, २७ बेपत्ता

काठमाडौं — यस वर्षको वैशाखयता देशभर विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार (असोज १९)सम्मको विवरणअनुसार २७ जना अझै बेपत्ता छन् ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार आइतबार मात्र ४४ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता भएका छन् । उनले सबैभन्दा बढी इलाममा पहिरोका कारण ३७ जनाको ज्यान गएको र पछिल्लो मौसम प्रणालीबाट ५० जिल्ला प्रभावित भएको जानकारी दिइन् ।
प्राधिकरणले सार्वजनिक गरेको अभिलेखअनुसार वैशाखयता सबैभन्दा बढी सर्पदंशका कारण ८६ जनाको मृत्यु भएको छ । त्यस्तै, पहिरोमा ४६, चट्याङमा ४५, बाढीमा ३०, आगलागीमा २३, जनावरको आक्रमणमा २२, लेक लागेर १९, हावाहुरीमा आठ र भारी वर्षाबाट ६ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी, बाढीका कारण २३ जना, पहिरोका कारण तीन र जनावरको आक्रमणबाट एक जना बेपत्ता भएका छन् ।
प्राधिकरणका अनुसार चालु वर्ष वैशाखयता देशभर ४ हजार ६५ वटा विपद्जन्य घटना दर्ता भएका छन् । ती घटनाबाट एक हजार ७२ जना घाइते र सात हजार २११ परिवार प्रभावित भएका छन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया