लेकसाइडमा रोहितमाथि आक्रमण, प्रहरीमा दिए जाहेरी

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडमा कलवार युवा समितिका अध्यक्ष रोहित चौधरी (सन्ताेष) माथि धारिलो हतियारले गरिएको आक्रमणपछि कलवार समुदायका मंगलबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेका छन् ।
कलवार कल्याणकारी सेवा समाज पोखराका अध्यक्ष अशोक कुमार चौधरीले ज्यान मार्ने उद्योगको आरोपमा जाहेरी दर्ता गराएका हुन् । उनले ‘अज्ञात व्यक्तिहरूले धारिलो हतियार र पञ्चिङ् नक प्रयोग गरी आक्रमण गरेको’ भन्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेका छन् ।
असोज २० गते साँझ करिब ७ः३० बजे चौधरीमाथि आक्रमण भएको थियो । महोत्तरी जिल्ला औरही नगरपालिका–१ का स्थायी बासिन्दा र हाल पोखरा महानगरपालिका वडा नम्बर ५ बस्दै आएका थिए । ३६ वर्षीय चौधरी आफ्नी आमा, श्रीमती र सन्तानसहित हिँडिरहेका बेला दुई जना अपरिचित व्यक्तिले मोटरसाइकलमा आएर धारिलो हतियार र पञ्चिङ् नक प्रयोग गरी आक्रमण गरेको जाहेरीमा उल्लेख छ ।
आक्रमणपछि गम्भीर घाइते भएका चौधरीलाई मेट्रोसिटी अस्पताल सिर्जनाचोकमा उपचारका छन् । उनको टाउकोको हड्डी फुटेको, शल्यक्रिया गरिएको र हाल आइसीयूमा राखी उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
अध्यक्ष अशोक चौधरीले जाहेरीमार्फत दोषीहरूको पहिचान गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ बमोजिम कारबाही गर्न माग गरेका छन् । साथै, घाइतेको उपचार खर्च र क्षतिपूर्तिका लागि पनि न्यायिक प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
घटनापछि कलवार समुदायका अगुवा, समाजका पदाधिकारी, महिला तथा युवाहरू सहित दर्जनौं व्यक्ति जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित भई दोषीमाथि कारबाहीको माग गर्दै जाहेरी दर्ता गरेका थिए ।

जाहेरीमा घटनास्थलको सिसिटिभी फुटेज संकलन गर्न र अस्पतालबाट घाउचोट तथा अपरेशनसम्बन्धी प्रमाणपत्र प्रमाणमा राख्न अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ र आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचानका लागि खोजी कार्य अघि बढाइएको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया