विशेष महाधिवेशनका लागि असोज २४ भित्र हस्ताक्षर गर्न कांग्रेस महामन्त्री शर्माको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि असोज २४ गतेभित्र नै हस्ताक्षर प्रक्रिया पूरा गर्न पार्टी महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । शर्माले आइतबार एक भिडियो सन्देश जारी गर्दै प्रतिनिधिहरूलाई तोकिएको म्यादभित्र हस्ताक्षर गर्न आग्रह गरेका हुन् । उनले भने, ‘हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गतेभित्रै गर्नुस । पछि गर्ने भनेर ढिला नगर्नुस ।’
महामन्त्री शर्माले असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकपछि मात्र हस्ताक्षर गर्ने तयारीमा रहेका केही प्रतिनिधिहरूलाई पनि सन्देश पठाएका छन् । ‘कतिपयले भनेका छन्, केन्द्रीय समितिको बैठकपछि गर्छौं, तर लगनपछिको पोते के काम !’ शर्माले भनेका छन् ।
उनका अनुसार विशेष महाधिवेशनको पहल कुनै समूहविरुद्ध होइन, पार्टीलाई अझ बलियो र आन्तरिक रूपमा सुदृढ बनाउनका लागि गरिएको हो । उनले पार्टीभित्र लोकतान्त्रिक परम्परा र सहमतिको संस्कार बलियो बनाउन पनि महाधिवेशन आवश्यक भएको बताएका छन् ।
शर्माले भिडियो सन्देशमार्फत भने, ‘महाधिवेशनले नेतृत्वलाई जवाफदेही बनाउँछ, बहसलाई संस्थागत गर्छ र पार्टीलाई जनतासँग अझ नजिक पुर्याउँछ । त्यसैले यो पहल व्यक्तिगत होइन, संस्थागत दायित्व हो ।’








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया