स्काइ लाउञ्जमा मिङ्मा शेर्पाको लाइभ प्रस्तुति हुने

पोखरा ।
पोखरामा शुक्रबार पप गायक मिङ्मा शेर्पाले लाइभ प्रस्तुति दिने भएको छन् । चार वर्षपछि नेपाल आएका शेर्पाले स्काइ लाउञ्जमा साँझ ७ बजे लाइभ प्रस्तुति दिने भएका हुन् ।
सन् २००० मा आफ्नो सांगीतिक यात्रा सुरु गरेका शेर्पा काठमाडौंको ज्याठा टोलमा जन्मिएका हुन् । उनका एल्बमहरु ‘यथार्थ’, ‘फील’ र ‘फील अगेन’ नेपाली श्रोतामाझ लोकप्रिय छन् । ‘भुमरिमा (तिम्रो मायाले डोर्यायो)’, ‘छम छम’, ‘नमुना बनाई दियौँ’ र ‘आँसु झर्दिन म’ जस्ता हिट गीतले उनी नेपाली पप संगीत क्षेत्रमा उत्कृष्ट स्थान बनाउन सफल भएका छन् ।
मिङ्मा शेर्पाले संगीतकार शम्भुजीत बाँस्कोटासँग सहकार्य गर्दै ‘तिम्रो त्यो हाँसिलो मुहार’ (दीपक खरेल)को रिमेक प्रस्तुत गर्दै पुनः चर्चामा आएका थिए ।
अमेरिका बस्दै आएका शेर्पा लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय थिए । उनको प्रस्तुति संगीतप्रेमीहरूका लागि विशेष अवसर हुने आयोजकको विश्वास छ ।
कार्यक्रमको तयारी पूरा भएको र निःशुल्क प्रवेशकाे व्यवस्था रहेकाे स्काइ लाउञ्जका संञ्चालक विशालराज पौडेलले जानकारी दिए । अहिलेको पुस्ता ९० को दशकका पप गीतहरूमा रमाउन सकुन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । दशैं–तिहारको अवसर पारेर पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया