स्याङ्जा प्रहरीविरुद्ध जथाभावी फेसबुकमा लेख्ने पोखरा ९ का थापा पक्राउ
समाधान संवाददाता
२०८२ असोज २२ गते १३:१७

पुतलीबजार ।
स्याङ्जा प्रहरीले फेसबुकमार्फत जिल्ला र प्रहरीविरुद्ध ‘अनर्गल, झुटो र कपोलकल्पित’ सामग्री पोस्ट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ‘पुष्पक’ नामको फेसबुक पेज सञ्चालन गर्ने पुष्पक थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
प्रहरीका अनुसार, ३३ वर्षीय थापा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ का बासिन्दा हुन्। प्रहरी निरीक्षक कमल नेपालीले थापालाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए। थापामाथि फोटोसहित आपत्तिजनक विवरण पोस्ट गरेको आरोप छ।
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया